Banner News

उपत्यकामा खाद्यान्न र तरकारी पसल खोल्ने सरकारले गर्यो समय निर्धारण



काठमाडौँ, ८ भदौ । काठमाडौँ, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न पाइने उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले निर्णय गरेको जनाइएको छ ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने जनाएको छ ।