बुटवल, ९ भदौ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि प्रदेश नं. ५ ले १२ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रदेश नं. ५ का प्रमुख जिल्ला अधिकारीहरुसँग भएको छलफलले उक्त १२ वटा निर्णयहरु गरेको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘प्रदेश ५ का प्रमुख जिल्ला अधिकारीहरुसँग भर्जुअल मिटिङ सम्पन्न भएको छ । कोभिड १९ को संक्रमणको दोश्रो चक्र र शान्तिसुरक्षाको विषयमा केन्द्रीत रहेर महत्वपूर्ण छलफल भएको छ ।’
मुख्मन्त्री पोखरेलका अनुसार छलफलमा निम्नकुरामा जोड दिइएको छ,
१. भारत लगायत जिल्ला वाहिरवाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा वस्ने व्यवस्था पालिकास्तरमा मिलाउने ।
२. परिक्षणको दायरा वढाउने । भिडभाडहुने ठाउ र धेरै घुमफिर गर्ने व्यवक्तिहरु पहिचानगरी नमुना परिक्षणलाई तिव्रता दिने । कोभिड १९ को व्यवस्थापनमा जोडिएका सबैको समय समयमा परिक्षण गर्ने ।
३. कन्ट्र्याक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने । छिटो रिजल्ट पाउनेगरी प्रयोशालासंग आवश्यक समन्वय गर्ने । भिटिएमको अभाव हुन नदिने । अभाव भएमा जिल्ला स्वास्थले खरिदगर्ने व्यवस्था मिलाउने ।
४. जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्नसक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने । पूर्वाधार व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउने ।
५. एरियावन्दी, निशेधाज्ञा र वन्दावन्दीका सन्दर्भमा विशेष मापदण्ड बनाएर कार्यान्वयन गर्ने । सकेसम्म सामान्य अवस्थामै जनजिवन असहज नहोस् भन्ने कुरा ख्याल गर्ने । यातायात मात्र वन्द गर्दा हुने ठाउमा सोही अनुसार गर्ने ।
६. स्थानिय संचार माध्यमलाई उपयोगगरी जनचेतना फैलाउने । भय र त्रासको वातावरण सिर्जना हुनेनदिने । स्वास्थ सुरक्षा मापदण्डको पालनामा जोड दिने । आवश्यकता अनुसार कडाइ समेत गर्ने ।
७. स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोवल उच्च बनाइराख्न आवश्यक ध्यान दिने । प्रोत्साहनभत्ता पाउनुपर्ने छुटेको भए प्रकृया अघि वढाउने ।
८. जनप्रतिनिधिहरुसँगको समन्वय र सहकार्यमा जोड दिने । सिमानाकावाट हुने आउजाउलाई नियन्त्रण गर्ने । दशैंको समयमा वाहिरवाट आउनेहरुको व्यवस्थापनमा अहिलेदेखि ध्यान दिने ।
९. आपुर्ति व्यवस्थालाई सहज बनाउने र बजार अनुगमनको कामलाई प्राथमिकतामा राख्ने । एम्वुलेन्स र सववाहनको व्यवस्था चुस्त र दुरुस्त बनाउने । लक्षण देखिएका विरामीलाई अनिवार्य रुपमा कोरोना विशेष अस्पतालमा पठाउने व्यवस्था मिलाउने ।
१०. कोभिड १९ संग सम्वन्धित अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने । कोभिड १९ का सर्जिकल केसहरुलाई नेपालगंज मेडिकल कलेजमा पठाउने ।
११. सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आइसोलेसनको व्यवस्था मिलाउने । विरामीको मनोवल उच्च राख्न विशेष ध्यान दिने । रोगप्रतिरोधी क्षमता वढाउन उचित खानपान र आहारविहरमा जोड दिने ।
१२. व्यवस्थापनमा कुनै नयाँ समस्या देखिए प्रदेश सरकारलाई तत्काल जानकारी दिने ।










प्रतिक्रिया दिनुहोस्