अर्थ

आज पनि घट्यो सुनको मूल्य



काठमाडौँ, ९ भदौ । आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन पाँच सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै १३ सय २० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।