Banner News

थप ८५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३३ हजार नाग्यो



काठमाडौँ, ९ भदौ । थप ८५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा आज ८५५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ३१३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १९ हजार १ सय १९ जना रहेको छ भने मृत्यु हुनेको संख्या १६४ जना पुगेको छ ।