समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, ९ भदौ । थप ८५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौँमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।

यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७/१७ जना, सुनसरी र कैलालीका १६/१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९/९ जना संक्रमित भएका छन् ।

धादिङ र नवलपरासीका ८/८ जना, तनहुँ र बार्दियाका ६/६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५/५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४/४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३/३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २/२ को रिपोर्ट पनि पोजेटिभ आएको छ ।

उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १/१ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार आज ३१३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १९ हजार १ सय १९ जना रहेको छ भने मृत्यु हुनेको संख्या १६४ जना पुगेको छ ।