काठमाडौँ, १० भदौ । हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फसहितको हावाको प्रभाव भएकाले दिनभरको मौसममा बदली हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।a










प्रतिक्रिया दिनुहोस्