काठमाडौँ, ११ भदौ । पश्चिमी भू-भाग नजिक रहेको न्यून चापीय रेखा र उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण परेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले देशका धेरै ठाउँमा सामान्य बदली भइ बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि सामान्य बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्