चितवन, ११ भदौ । चितवनमा एकै दिन ४५ जनामा कोरोना पुष्टि भएको ।
बुधबार भरतपुर कोभिड ल्याब र चितवन मेडिकल कलेज ल्याबमा गरिएको परिक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो ।
भरतपुर कोभिड ल्याबमा २५ तथा चितवन मेडिकल कलेजको कोभिड ल्याबमा २० जना चितवनका मात्र फेला परेका हुन । भरतपुर कोभिड ल्याबमा तनहुका एक जना, चितवन मेडिकल कलेजमा नवलपुरका ३ जना, सर्लाहीका २ जना र तनहुका १ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै भरतपुर महानगरपालिाकामा १८, रत्ननगर नगरपालिकामा १७, माडि नगरपालिकामा ९ जनामा पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्