विश्व

अमेरिकामा एकै दिन ४३ हजारमा कोरोना पुष्टि



काठमाडौँ, ११ भदौ । अमेरिकामा एकै दिन ४३ हजार जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ५९ लाख ९९ हजार ५५४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म ३२ लाख ९६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १८ हजार ८०० जनामध्ये १६ हजार ५२६ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८३ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८३ हजार नाघेको हो ।