राजनीति

संक्रमणदर उकालो लाग्दै, काठमाडौँ उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण



काठमाडौँ, १२ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । संक्रमणको दृष्टिकोणले काठमाडौँउपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौँ उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौँ उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।