काठमाडौँ, १२ भदौ । थप ९२७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ९२७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १६९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार २ सय ४१ जना रहेको छ भने मृत्यु हुनेको संख्या १९५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्