समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुग्यो



काठमाडौँ, १२ भदौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको हो ।

मृत्यु हुनेहरुमा मोरङका २ जना, भक्तपुर र मकवानपुरका १/१ जना रहेका छन् । यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जना रहेका छन् ।