काठमाडौँ, १४ भदौ । थप १२ सय २१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ७ सय १७ वटा स्वाब परीक्षण गर्दा आज ८ सय ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज २६७ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार ८ सय २२ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्