काठमाडौँ, १५ भदौ । स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छात्रवृत्ति घोषणा गरिएको छ ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले घिमिरेका नाममा छात्रवृत्ति घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष डा। बमबहादुर थापा जितालीका अनुसार लमजुङका विद्यार्थीलाई प्रतिष्ठानका प्रमुख संरक्षक राष्ट्रकविका नाममा छात्रवृत्ति दिने निर्णय गरेको हो ।
प्रत्येक वर्ष घिमिरेको जन्मजयन्तीका अवसर पारेर छात्रवृत्ति प्रदान गरिने अध्यक्ष जितालीले बताए ।
प्रतिक्रिया दिनुहोस्