काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको बताउदै टवीटरमार्फत भन्नुभएको छ, ‘उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ । सार्वजनिक जीवनको विभिन्न हैसियतमा रहँदा उहाँले नेपाल–भारत सम्बन्ध बलियो बनाउन पुर्याजएको योगदान हामी सम्झिरहन्छौं ।’
मुखर्जीको निधनबाट आफू निकै दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्