समाचार

आजको मौसम



काठमाडौँ, १६ भदौ । मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभरको मौसम आज सामान्यतया बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । अहिले देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्यतया बदली रहि धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।