Banner News

थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४० हजार नाग्यो



काठमाडौँ, १६ भदौ । थप १ हजार ६९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ८८ वटा स्वाब परीक्षण गर्दा आज १ हजार ६९जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ७६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २२ हजार १ सय ७८ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ३९ जना पुगेको छ ।