काठमाडौँ, १६ भदौ । थप १ हजार ६९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित रहेका छन् । यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ७६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २२ हजार १ सय ७८ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ३९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्