Banner News

प्रधानमन्त्री ओली र बङ्गलादेशकी समकक्षी हसिनाबीच फोनवार्ता



फाइल फोटो

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशकी समकक्षी शेख हसिनासँग फोन वार्ता गर्नुभएको छ ।

आज दिउँसो भएको फोन वार्तामा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेशको मित्रता र अन्य समसामयिक विषयमा कुराकानी गर्नुभएको हो ।

साथै प्रधानमन्त्री ओलीले बङ्गलादेशी प्रधानमन्त्रीलाई युरिया मल नेपाललाई दिन आग्रह गरेको ट्वीटमार्फत जानकारी दिनुभएको छ ।