समाचार

आजको मौसम



काठमाडौँ, १७ भदौ । आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको छ । बाँकी प्रदेशका एकरदुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी परिरहेको छ ।

त्यस्तै आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।