काठमाडौँ, १७ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएसगै हालसम्म संक्रमितको संख्या ३६ लाख ९१ हजार १६६ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८१९ संक्रमितको मृत्यु भएको छ ।
सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ । लकडाउन कुखुलो बनाउँदै रेल सेना तथा सार्वजनिक सवारी साधन सञ्चालन तथा पसल र कलकारखाना सञ्चालन हुन थालेपछि भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्