समाचार

चितवनमा थप ३९ जनामा कोरोना पुष्टि



चितवन, १८ भदौ । चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावका अनुसार बुधबार राति प्राप्त विवरणअनुसार संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि ५९ वर्षसम्मका ८ पुरूष र २३ देखि ८० वर्षसम्मका ११ महिला छन् ।

यस्तै रत्ननगरका विभिन्न ४ वडाका ६ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालकै चितवनकै खरैनीका १ पुरूष र ३ महिला, कालिकाका ३ पुरूष र २ महिला तथा माडीका १ महिला र १ पुरूषमा संक्रमण पुष्टि भएको छ ।

एक जना संक्रमित भने सर्लाहीका ५५ वर्षीय पुरूष भएको चितवन कोभिड इन्फोले जनाएको छ ।