जनकपुरधाम, १८ भदौ । सिरहामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति सिरहा नगरपालिका ११ भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स ४ प ७९२१ नम्बरको मोटरसाइकल चालक सिरहाको धनगढीमाई नगरपालिका १० बस्ने ५१ वर्षीय दीपक कुमार पंजियार र स ४ प ४६१० नम्बरको मोटरसाइकल चालक सिरहा नगरपालिका ९ गुलरीया बस्ने ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्