एजेन्सी, १८ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार ८२ हजार ८६० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो रहेको छ ।










प्रतिक्रिया दिनुहोस्