Banner News

थप १२२८ जनामा कोरोना संक्रमण, ९ सय १७ जना डिस्चार्ज



काठमाडौँ, १८ भदौ । थप १ हजार २ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ४ सय १३ जनामा नमुना परीक्षण गर्दा १ हजार २ सय २८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ९ सय १७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २४ हजार २ सय ७ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ५७ जना पुगेको छ ।