Banner News

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख नाघ्यो



काठमाडौँ, १९ भदौ । विश्वमा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको संख्या २ करोड ५८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७९ हजार ३३८ कोरोना संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५९ हजार १३० संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार साँझसम्म दिएको जानकारी अनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८४ लाख ७० हजार २६५ व्यक्ति कोरोना मुक्त भएका छन् ।