चितवन, १९ भदौ । चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा बिहीबार गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् ।










प्रतिक्रिया दिनुहोस्