अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ भदौ । आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोल घटेर १३ सय १० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।