चितवन, २० भदौ । चितवनमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड ल्यावमा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका ७ तथा नवलपुर र रूपन्देहीका एक(एक जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनस्थित भरतपुर अस्पतालका अनुसार भरतपुर नगरपालिकाका विभिन्न ४ वडाका ४ पुरूष र ३ महिला तथा नवलपुर र रूपन्देहीका एक(एक जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्