अर्थ

घट्यो सुनको मूल्य



काठमाडौँ, २१ भदौ । आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोल १३ सय २० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।