Banner News

थप ९८० जनामा कोरोना संक्रमण, १८ सय १४ जना डिस्चार्ज



काठमाडौँ, २१ भदौ । थप ९ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ३ सय ८२ जनामा नमुना परीक्षण गर्दा ९ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय १४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २८ हजार ९ सय ४१ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ८९ जना पुगेको छ ।