काठमाडौँ, २४ भदौ । थप १ हजार ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:



मन्त्रालयका अनुसार आज ९ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३३ हजार ८ सय ८२ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्