समाचार

एकै घरका‌‌ १० जनामा कोरोना पुष्टि



झापा, २५ भदौ । झापामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगर प्रमुख राजेन्द्र पोखरेलका अनुसार कनकाई नगरपालिका-३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको हो ।

१४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले होम‌ आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्‍याएको छ ।

नगरप्रमुख पोखरेलले अस्पतालमा रहेकाका लागि पनि आवश्यक सामग्री पठाइएको बताए । उक्त नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।