काठमाडौँ, २५ भदौ । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:



मन्त्रालयका अनुसार आज १८ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३५ हजार ७ सय जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्