काठमाडौँ, २६ भदौ । थप १४ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ नमुना परीक्षण गर्दा १४ सय ५४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ९ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३६ हजार ६ सय ७२ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय २२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्