समाचार

आजको मौसम



काठमाडौँ, २७ भदौ । हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश १ र प्रदेश २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।