चितवन, २७ भदौ । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा।नितु अधिकारीका अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।
नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । नीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो । उनीहरुको स्वाब क्वारेन्टिइनबाट लिइएको अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्