समाचार

ट्रकले किच्दा एक बालिकाको मृत्यु



रौतहट, २९ भदौ । रौतहटमा ट्रकले किच्दा एक बालिकाको मृत्यु भएको छ ।

आइतबार राति चन्द्रपुर नगरपालिका-१० बक्तौरामा ना।५ ख ६७६५ नम्बरको ट्रकले किच्दा चन्द्रपुर नगरपालिका-१० बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।