काठमाडौँ, ३० भदौ । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अर्थमन्त्री डा। युवराज खतिवडा सरकारका प्रवक्ता हुनुहुन्थ्यो । उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिनुभएको थियो ।
सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा सिफारिस गरेको छ ।










प्रतिक्रिया दिनुहोस्