विश्व

भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख २६ हजार नाघ्यो



काठमाडौँ, ३० भदौ । भारतमा कोरोना संक्रिमत हुनेको संख्या ४९ लाख २६ हजार नाघेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २१४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।