काठमाडौँ, ३० भदौ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्