काठमाडौँ, १ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन ।
देउवाको नीजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम क्वरेण्टीमा बसेका छन ।
सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने बताइएको छ ।
देउवा होम क्वरेण्टीमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीचको छलफल पनि स्थगित हुने भएको छ । देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्नेछ ।a










प्रतिक्रिया दिनुहोस्