एजेन्सी, १ असोज । नोवेल कोरोना भाइरस भारतमा दिनप्रति दिन तिव्ररुपमा फैलिरहेको छ ।
पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिए सगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको हो ।
बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्