काठमाडौँ, १ असोज । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित



मन्त्रालयका अनुसार आज १२ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्