Banner News

थप १२४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५९ हजार नाघ्यो



काठमाडौँ, १ असोज । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ६ सय ४१ नमुना परीक्षण गर्दा १२ सय ४६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १२ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।