राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा



काठमाडौँ, ६ असोज । नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी  एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा रहेको जनाइएको छ ।

यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।