समाचार

थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु



बाँके, ७ असोज । कोहलपुरमा उपचारका क्रममा मंगलबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका क्रममा कोरोनाबाट मृत्यु  हुने पाँच जना पुगेका छन् ।  यसअघि कैलाली, अछाम, अर्घाखाँची र  सुर्खेतका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।