काठमाडौँ, ७ असोज । साझा यातायातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । \
आज साँझदेखि बस सेवा सुरु हुने साझाले काठमाडौं-पोखरा-कुस्मा-बाग्लुङका रुटका २ वटा र बुटवल-भैरहवा-सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।

साझा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्यालयमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्