विश्व

भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ४० हजार नाघ्यो



काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ ।

पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा मृतक संख्या ९० हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार संक्रमितमध्ये अहिलेसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जनाको उपचार भइरहेको छ ।