समाचार

एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ



काठमाडौँ, ८ असोज । ताप्लेजुङमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बुधबार मध्यराति हतियार प्रहार गरेका थिए।

बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए । धारिलो हतियार बाम्फोक (खुर्पा जस्तो हतियार) को प्रहारबाट उनीहरू गम्भीर घाइते छन् ।

उनीहरूको टाउको र गर्धनमा चोट लागेको र तीनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । उनका अनुसार हेलिकप्टरबाट लैजान अनुमति पाए पनि खराब मौसमका कारण रोकिएको छ ।